महाकाली नदीमा बगेर एक महिलाकाे मृत्यु

१ बर्ष अघि

२0७९ पुष ९ शनिबार

महाकाली नदीमा बगेर एक  महिलाकाे मृत्यु

दार्चुला ।  महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेको एक स्थानीयले बताउनुभयो । भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको शव निकालेर पोस्टमार्टमका लागि पिथौरागढ जिल्लाको धार्चुला अस्पतालमा लगेको जनाइएको छ ।