दार्चुलामा औलो रोग परीक्षण गरिदै

५ बर्ष अघि

२0७५ आश्विन २७ शनिबार

दार्चुलामा  औलो रोग परीक्षण गरिदै

दिपक सिह धामी असोज २७,दार्चुला । 
दार्चुला जिल्लाका भारत सगँ जोडीएका चार नाकाहरुमा औलो रोग परिक्षण गरिदैछ ।
भारतमा औलो रोगको सङ्क्रमण देखिएकोले नेपालबाट भारतमा रोजगारीका लागी गएका मानिसहरुमा पनी औलो रोगको सङ्क्रमण हुन सक्छ भन्दै दार्चुला जिल्लाका ४ वटा नाकाहरुमा औलो रोगको परिक्षण गरिन लागेको हो ।  औलो रोगको परिक्षण भारत सगँ नाका जोडिएका चार वटा नाकाहरुमा औलो रोगको परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाचूलाका अहेब पे्रम सिह एरीले जानकारी दिनु भयो । दार्चुला जिल्लाको  खलङ्गा ,तिग्रम, दत्तु र जौलजिबिमा औलो रागको परिक्षण गरिन लागेको हो ।  आसोज २६ गते देखि दार्चुला जिल्लामा औलोरोगको परिक्षण गरिन लागेको हो । जिल्ला दरमुकाम  खलङ्गा नाकामा २१ जनाको स्वास्थ्य परिक्षण गरिएको भए पनि एकजनामा पनि संक्रमण नदेखिएको  अहेब ऐरीले बताउनु भयो ।