प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनेका सबैले बुझाए निर्वाचन खर्च विरतण

१ बर्ष अघि

२0७९ पुष ६ बुधबार

प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनेका सबैले बुझाए निर्वाचन खर्च विरतण

दार्चुला । दार्चुला जिल्लाबाट  प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबै जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्। यो जिल्लाबाट प्रतिनिधि सभा सदस्यतर्फ निर्वाचित १ र प्रदेश सभा सदस्यमा निर्वाचित २ जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन ।जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रदिप धामीका अनुसार प्रतिनिधि सभामा निर्वार्चित दिलेन्द्र प्रसाद बडू प्रदेश सभा क्षेत्र नं. १ बाट निर्वाचित विक्रम सिह धामी प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित मान बहादुर धामीले चुनावी खर्च विबरण बुझाएको उहाँले बताउनु भयो ।

यस्तै एमालेको तर्फबाट प्रतिनिधि सभामा गणेश सिह ठगुन्ना प्रदेश सभा क्षेत्र नं १ मा हरदेब जोशी प्रदेश सभा क्षेत्र नं २ मा रामदत्त जोशीले समेत निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनु भएको छ । यसैगरी जिल्लामा अन्य स्वतन्त्र उम्मेदवार शंकर सिह धामी ,राप्रपाका नरेन्द्रसिंह धामी राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामी नेपाल मजदुर किसान पार्टीका विश्वराम दुवाल नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशी नेश्नलिष्ट पिपल्स पार्टीका धर्म सिह दयाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रमेश राम लुहारले समेत चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका प्रमुख धामीले जानकारी दिनु भएको छ ।

जिल्लाबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका ९ र प्रदेश सभा सदस्यको चुनाव लडेका ९ जनाले हालसम्म आ–आफ्नो निर्वाचन खर्च विवरण बुझाएका हुन। निर्वाचन भएको एक महिनाभित्रै सबै उम्मेदवारले चुनावको खर्च विवरण निर्वाचन आयोगमा बुझाउने व्यवस्था छ। यो जिल्लामा प्रतिनिधि सभा सदस्यको १ सिटका लागि ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। तोकिएको समयमा उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएमा आयोगले जरिवाना गर्ने व्यवस्था छ। गत मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा यो जिल्लाबाट १८ जना उम्मेदवार बनेका थिए।