भिरबाट लडेर दार्चुलामा दुर्इजना घाँर्इते एकजनाकाे अस्था गम्भिर

५ बर्ष अघि

२0७५ आश्विन २७ शनिबार

भिरबाट लडेर दार्चुलामा दुर्इजना घाँर्इते एकजनाकाे अस्था गम्भिर

दृषटिकाेण समाचार दार्चुला असाेज २७ गते 

 भिरबाट लडेर शनिबार  दुई जना घाइते भएका छन् । घाइते दुई जना मध्ये एकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा  घाँस काट्ने क्रममा शनिबार विहान भिरबाट लडेकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैकी २४ वर्षिय गोमती ठगुन्ना गम्भिर घाइते भएको दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बहादुर बोहराले जानकारी दिए । घाइते ठगुन्नाको टाउकोमा गहिरो चोट रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएकाे छ  ।
शनिबार विहान स्थानिय सिराड वनमा घाँस काट्न गएका बेला भिरबाट करिव ४०÷४५ मिटर तल खसेकी ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि सुदुरपश्चिम प्रदेशको  सेति अञ्चल अस्पताल धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । त्यसैगिर अाजै  ब्याँस गाउँपालिका ६ खातीगाउँकी १४ वर्षिय वालिका विनु खाती पनि घास कटने क्रममा भिरबाट लडेर घाइते भएकी छन् । शनिबार विहानै स्थानिय वनमा घाँस काट्न गएका बेला भिरबाट खसेकी खातीको बाया खुट्टामा चोट लागेकाे जिल्ला  प्रहरी कायार्लय दार्चुलाले  जनाएको छ ।