भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै

१ बर्ष अघि

२0७९ पुष ६ बुधबार

भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै

काठमाडौ । सरकारले भारतसँग जिटुजी गरेपछि पहिलो खेपमा करिब ३० हजार मेट्रिक टन रासायनिक मल यसै साता आउने भएको छ। कृषि सामग्री कम्पनीले भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर ९आरसिएफ० कम्पनीबाट मल खरिद गरेको छ। जिटुजी सम्झौता गरेपछि पहिलो पटक ३० हजार मेट्रिक टन युरिया मल खरिद गरेको कृषि सामग्री कम्पनीका कामु महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए। ‘जिटुजी गरेको मल कोलकाता आइपुगेको छ,’ कार्कीले भने, ‘यसै साता नेपाल आइपुग्छ।’ अब भारतबाट मल ल्याउने बाटो खुलेकाले आगामी दिनमा सहज रूपमा मल आयात हुने विश्वास गरिएको छ।

खुल्ला बोलपत्रबाट मल खरिद गर्दा किसानलाई समयमा उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेको थियो। खरिद प्रक्रिया छोट्याएर मल ल्याउन सरकारले भारतसँग जिटुजी गरेको थियो। जिटुजी गरेपछि पहिलो खेप मल आउन लागेको हो। सरकारले भारतबाट १ लाख ७० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न जिटुजी गरेको थियो। अरू मल पनि क्रमशः आयात गर्ने कम्पनीले जनाएको छ। जिटुजी गरेपछि मल खरिद गर्न मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई जिम्मा दिइएको थियो।

सरकारले आगामी ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्न जिटुजी गरेको थियो। आव २०७९र८० मा १ लाख ७० हजार, २०८०र८१ मा १ लाख ९५ हजार, २०८१र८२ मा २ लाख १० हजार र २०८२र८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिने सहमति भारतले गरेको थियो। ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमै मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गरेर मल ल्याउन थालेको हो।

बजेट भाषणमै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५(६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन लागिएको हो। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्।