काँग्रेस र एमाले मिले स्थायी सरकार बन्न सक्ने

१ बर्ष अघि

२0७९ पुष ६ बुधबार

काँग्रेस र एमाले मिले स्थायी सरकार बन्न सक्ने

काठमाण्डौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले नेपाली राजनीतिमा नयाँ समीकरणको उदय भएको छ । नेपाली कांग्रेस र एमालेबीच सत्ता बाँडफाँड गर्ने सहमति भएको छ, जसअनुसार शेरबहादुर देउवा पाँच वर्ष प्रधानमन्त्री र भण्डारी राष्ट्रपति बन्ने छन् ।
माओवादी नेता प्रचण्डले प्रधानमन्त्री पदका लागि बार्गेनिङ शुरू गरेपछि राजनीतिमा एउटा तरंग पैदा गरेको छ । उत्पन्न यसै तरंगले एमालेलाइ काँग्रेस निकट ल्याउनका लागि बाटो पहिल्याइ दिएको छ । जसले माओवादीको अवसरवादी राजनीतिको अन्त्य हुनेछ ।

कांग्रेस नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठाइरहेको बेला गच्छदारले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी हालै सम्पन्न निर्वाचनले तेस्रो ठूलो दल भएको माओवादीलाई प्रतिपक्षमा राखेर कांग्रेस र एमालेले साना दलहरुलाई समेटेर सरकारमा जानुपर्ने बताएका हुन् ।

‘२०४८ र २०५१ मा कांग्रेस नेतृत्वको र २०७४ को तत्कालीन नेकपा नेतृत्वको सरकारको बहुमत हुँदा पनि राजनीतिक स्थिरता हुन नसकेको उदाहरण छ,’ उनले भने, ‘त्यसैले यसपटक सत्ता गठबन्धनलाई बहुमत भए पनि ५ वर्ष ढुक्कले सरकार चलाउन र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर सरकार बनाउनु पर्छ ।’

निर्वाचनको परिणाम अनुसार कुनै दलको स्पष्ट बहुमत नआएपछि मुलुक थप संकटमा जाने खतरा रहेको भन्दै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अस्तिरताको संकट टार्न काङ्ग्रेस एमाले मिल्नुपर्ने बताए।


दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसदले दिने परिणामको आशा घटेको उनको भनाइ छ। देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए। सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनको भनाइ छ।

गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए। त्यसपछि प्रधानमन्त्रीसमेत सशंकीत बनेका छन्। उनले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न प्रचण्ड दिउँसो नेपाल निवास कोटेश्वर गएका थिए। भेटमा आगामी सत्ता समीकरणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ। प्रचण्डले आइतबार नै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका थिए।

नेपाली कांग्रेसको आइतबारको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। निर्वाचन परिणामले कुनै एक दललाई बहुमत नदिई मिलीजुली सरकार बनाउने म्यान्डेट दिएको सन्दर्भमा संविधानको धारा ७६९१० को औचित्य अहिलेलाई रहेन । त्यसलै यो बेला आकर्षित हुने धारा ७६९२० हो जस अन्तर्गत दलहरूबीचको गठबन्धनबाट सरकार गठन हुन सक्छ । अहिलेसम्म कुन–कुन दलबीच सहकार्य भएर सरकार बन्छ भन्ने प्रस्ट तस्बिर बनिसकेको छैन । जसले मिलिजुली सरकार गठनका लागि कसरत चलेको अवस्थामा काँग्रेस र एमाले मिलेर सरकार बनाए दीगो हुने सम्भावना बलियो रहन्छ ।