दार्चुलामा तनाव भारततर्फ ढुंगा हान्दै विप्लव कार्यकर्ता

१ बर्ष अघि

२0७९ पुष ४ सोमबार

दार्चुलामा तनाव  भारततर्फ ढुंगा हान्दै विप्लव कार्यकर्ता

दार्चुला। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भारत विरोधी प्रदर्शनले दार्चुला सदरमुकाममा तनाव सृजना भएको छ। विप्लव कार्यकर्ताहरुले खलंगामा प्रदर्शन जारी राखेका छन्। उनीहरुले नेपालबाट भारततर्फ ढुंगा प्रहार गरेका छन् ।  जिल्लाका विभिन्न स्थानबाट ओइरिएका कार्यकर्ताहरु भारत विरोधी नारा लगाउदै निर्माणाधिन तटबन्धनको वारि पुगेका छन्। 

प्रशासनले व्यापक रुपमा सुरक्षाकर्मी खटाएको छ। भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुलाई आक्रोशित स्थानीयबासिन्दाले पनि साथ दिएका छन्।  नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाएपनि अझै कार्यान्वयन गरेको छैन्। उल्टै नेपालीमाथि झुटा मुद्दा लगाएको भन्दै भारतको आलोचना बढेको छ।

अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत उनीहरुले गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै उनीहरुले नाराबाजीसमेत गरेका छन्। नाराबाजीको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दार्चुला इन्चार्ज भरत मल्ल तथा सचिव लोकेश नेपालीले गरिरहेका छन्।  भारतले पनि समहमति गरेर काम गर्ने बताएको छ , केही समय लाग्न सक्छ । स्थानीय हरुले झगडा गरेर यो भुमि फिर्ता  हुँदैन । यसका लागि दुवै देशका नेताहरुले हो गर्ने  । दिनदिनै ढुंगा हानेर हाम्रो आपसी सम्बन्ध बिग्रँदै गएको छ । हामी सबैले  ध्यानपूर्वक सोच्न आवश्यक रहेको स्थानीय हरुले बताएका छन् ।