स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

१ बर्ष अघि

२0७९ पुष ४ सोमबार

स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनु भएको छ । सांसदहरुको आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । निर्वाचन अघि पार्टीले सभापति लामिछानेला२ संसदीय दलको नेता चयन गरिसकेको थियो ।