पर्यटन पत्रकारको महासचिवमा कृष्ण सिह धामी निर्वाचित

५ बर्ष अघि

२0७५ आश्विन २७ शनिबार

पर्यटन पत्रकारको महासचिवमा कृष्ण सिह धामी निर्वाचित

दृष्टिकोण समाचार डडेलधुरा 
नेपाल पर्यटन पत्रकारकार महासंघ सुदुरपश्चिम प्रदेशको पहिलो अधिबेशनबाट दार्चुलाका पत्रकार कृष्ण सिह धामी महासचिव पदमा निर्वाचित भएका छन । 
समग्र सुदुरपश्चिमको पर्यटन क्षेत्रको विकास र प्रचारपरसारमा टेवा पुगाउने उदेश्यका साँथ गठन गरिएको पर्यटन पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशको पहिलो अधिबेशनबाट नयाँ कार्यसमिति गठन गरेका हो । 
प्रदेश स्थरीय अधिबेशनमा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो । असोज २५ र २६ गते डडेलधुरा जिल्लामा आयोजना गरिएको नेपाल पर्यटन पत्रकार महासंघको भेलाले पत्रकार महासंघ जिल्ला शाखा दार्चुलाका कार्यसमिति सचिव पदमा रहेका पत्रकार कृष्ण सिह धामीलाई प्रदेश स्थरीय  पर्यटन पत्रकार महासंघको महासचिव पदको जिम्मेवारी दिएका छन । 
सुदुरपश्चिम क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको पत्रकारीताको माध्यमबाट देश तथा विदेश सम्म पहिचान गराउने उदेश्यका साँथ गठन गरिएको पर्यटन पत्रकारहरुले  नयाँ कार्यसमित चयन गरेका छन ।