माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

१ बर्ष अघि

२0७९ पुष ३ आईतवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डौ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ । माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ । अध्यक्ष प्रचण्डले भावी सरकारको प्रधानमन्त्रीका रुपमा दाबी गर्दै आउनुभएको छ ।