पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

१ बर्ष अघि

२0७९ पुष ३ आईतवार

पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

एजेन्सी । पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ । लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ ।

मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुध्दै आएका छन् ।