दार्चुला जिल्लाको शान्ती सुरक्षामा कायम गर्नमा प्रहरीकोे भुमिका महत्वपुर्ण

५ बर्ष अघि

२0७५ आश्विन २६ शुक्रबार

दार्चुला जिल्लाको शान्ती सुरक्षामा  कायम गर्नमा प्रहरीकोे भुमिका महत्वपुर्ण

राम सिह धामी दृष्टिकोण समाचार दार्चुला ,
जिल्ला प्रहरी कार्यालय दार्चुलाले दार्चुला जिल्लाको शान्ती सुरक्षाको क्षेत्रमा राम्रो काम गरेको कार्यक्रमका सहभागीले जोड दिएका छन । 
६३ औँ प्रहरी दिवसको अवसरमा बिहिबार  जिल्ला सदरमुकाममा आयोजना गरिएको प्रहरी दिवसमा शुभकामना मन्तव्य राख्ने क्रममा मार्मा गाँउपालिका अध्यक्ष जमन सिह धामीले नेपाल प्रहरीले गरेका राम्रा कामहरुको प्रसंस्सा गर्दै समाजमा हुने अपराधहरु न्युनिकरणका लागी नेपाल प्रहरी र स्थानीय सरकारहरुले हातेमालो गर्नु पर्ने कुरामा जोड दिएका हुन । नेपाल प्रहरी संगठनले देशको विकास र समाज परिवर्तनका क्षेत्रमा काम गरिरहेकाले प्रहरीको उच्च मुल्याङकनका साँथ नेपाल प्रहरी एसिया मुलुकको सबैभन्दा राम्रो संगठनको रुपमा रहेको दुहँ गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर काकीले बताउनु भयो । दार्चुला जिल्लामा रहेको प्रहरी कार्यालयले माहकाली नगरपालिकाको समाज सुधार र  विकासमा सहयोग गरेको प्रर्ति महाकाली नगरपालि सधै अभारी रहेकोर आगामिदिनमा पनि यस्तै सहयोगका लागी अपेक्षा गरेको महकाली नगरपालिका उप प्रमुख सोना बोहराले बताउनु भयो । 
त्यसैगरि दार्चुृला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले दार्चुला जिल्ला त्रिदेशीय सिमानाको जिल्ला भएकाले दार्चुृलाको शान्ती सुरक्षा कायमका लागी सबैले सहयोग गुर्न पर्ने कुरामा जोड दिएका हुन । प्रहरी दिवसको पुर्व सन्यामा जिल्ला प्रहरी कार्यालय दार्चुलाले “महिला हिंसा न्युनिकरणमा मेरो भुमिका” भन्ने विषयमा निबन्ध प्रतियोगिता , “घटनास्थल सुरक्षामा प्रहरीको भुमिका” भन्ने विषयमा प्रहरी कार्यालय तथा मातहत ईकाइ प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार तथा प्रहरी जवानहरु बिच निबन्ध प्रतियोगिता र महाकाली नगरपालिका क्षेत्रमा सरसफई कार्यक्रम समेत गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा रहेको विकृति विसंगतीहरुको न्युनिकरणका लागी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरि समुदायको परिवर्तनमा काम गरिरहेको जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले बताउनु भयो । ६३ औँ प्रहरी दिवसको अवसरमा दार्चुला जिल्लाका विभिन्न ठाउका अमर सहिद परिवारका सदश्यहरुलाई दोसल्लाह ओडाएर सम्मानीत समेत गरेका छन ।