सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

१ बर्ष अघि

२0७९ पुष १ शुक्रबार

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।