नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

१ बर्ष अघि

२0७९ पुष १ शुक्रबार

नेपाली राजनीतिमा सरकार गठनका बारेमा चिनियाँ दौडधुप शुरु

काठमाडौँ। मुलुक आवधिक निर्वाचन सकिएसँगै नयाँ सरकारको पर्खाइमा छ। नयाँ सरकार गठनका लागि दलहरूले आ(आफ्नो गृहकार्यलाई अघि बढाइरहेका छन्।

निर्वाचनको मत परिणामलाई हेर्दा सामान्य रुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरू नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्। नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ।

तर, उत्तरी छिमेकी चिनले भने नेपाली काँग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूत यान्छीको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्चालन भइरहेको छ।

यद्यपि दूतावासमा रहेका कर्मचारीहरूले भने कम्युनिस्ट नेताहरूसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्। चीनले सकेसम्म काँग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा लागेको छ।