नगर बासीहरुलाइ दिए नगर प्रमुख भट्टले धनगढी बाटै शुभकामना

५ बर्ष अघि

२0७५ आश्विन २६ शुक्रबार

नगर बासीहरुलाइ दिए नगर प्रमुख भट्टले धनगढी बाटै शुभकामना

ललित सामन्त  दार्चुला २५ असोज : महाकाली नगरपालिकाको नयाँ भवनको विहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गत भदौ २७ गते पुरानो भवनबाट कर्मचारी आवासको टाइप (ए) भवनमा सरेको नगरपालिकाको नयाँ भवनको भव्यताका साथ उद्घाटन गरिएको छ । नयाँ भवनको उद्घाटन संगै हिन्दु नेपालीहरुको नजिकै आइरहेको विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत आयोजना गरि एक अर्कामा शुभकामना आदान प्रदान गरिएको छ । 

   नयाँ भवन तथा कार्यक्रमको नगरपालिकाका उपप्रमुख सुना बोहराले पानसमा बक्ती बालेर उद्घाटन गर्नु भएको हो । कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट सामाजिक सञ्जालबाट लाइभ जोडिएर नगरबासी तथा कार्यक्रममा सहभागीहरुलाई विजया दशमी २०७५ को शुभकामना व्यक्त गर्नु भएको थियो । साथै उहाले काम विषेशले आफु धनगढीमा रहेको नगरबासी तथा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।    कार्यक्रममा नगर उपप्रमुख सुना बोहराले विजया दशमी २०७५ को सबै नगरबासी तथा देश तथा विदेशमा रहनु भएका नेपाली दाजु भाई दिदि वहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले पनि नजिकै आइरहेको बडा दशैको सबैमा शुभकामना दिनु भएको छ । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, नगरबासी, कार्यालय प्रमुख लगायत स्थानियको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम पछि कार्यक्रममा महेन्द्र माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । हास्य कलाकार जगत प्रसाद अवस्थीले हास्य ब्यग्ां प्रस्तुत गर्नु भएको थियो ।    जिल्ला सदरमुकाम खलंगामा निर्माण गरिएको कर्मचारी आवास गृहको एउटा भवन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महाकाली नगरपालिकालाई उपलब्ध गराए संगै नगरपालिकाले आवास गृहबाट नगरपालिकाको कार्यालय संचालनमा ल्याएर सेवा दिइरहेको छ ।