महाकाली नदीमा अस्थायी तटबन्ध हटाउदै

१ बर्ष अघि

२0७९ पुष १ शुक्रबार

महाकाली नदीमा अस्थायी तटबन्ध हटाउदै

दार्चुला। भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउदै छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गरिरहेको छ । मंसिर २१ गते नेपाली र भारतीय प्रशासनका बीच भारतको धारचुलामा अस्थायी अर्थात कृतिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभएको छ। नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई सो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उनले बताए । नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने मंसिर २१ गतेमा सहमति भएको उनले बताए । अब दुई देशबीचको सम्बन्धमा नयाँ सद्भाव आउने आशा गरिएको छ ।