विश्वकप फुटबल : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

१ बर्ष अघि

२0७९ मंसिर २९ बिहीबार

विश्वकप फुटबल : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो । 

अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो ।  फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति पौने ९ बजे सुरु हुनेछ । सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । 

उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् ।