अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा

५ बर्ष अघि

२0७५ आश्विन २५ बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा

दृष्टिकोण समाचार वासिंटन, असोज २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै प्रतिबन्ध लगाइने बताएका छन् ।अघिल्लो साता रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली भित्र्याउने सम्झौता गरेको भारतले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने भएको हो । अमेरिकाले यसअघि नै भारतलाई रुससँग त्यस्तो सम्झौता नगर्न चेतावनी दिएको थियो ।अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सैन्य सम्झौता गरेका थिए ट्रम्पले भारतमाथि ‘काटसा’ कानून उल्लंघन गरेको आरोप लगाउँदै त्यसको परिणाम भारतले चाँडै नै थाहा पाउने बताए । उक्त कानुन अन्तर्गत रुससँग हतियार खरिदमा भारतलाई छुट दिने अधिकार राष्ट्रपति ट्रम्पसँग मात्र छ । ट्रम्पले त्यस्तो छुट भारतलाई नदिइने उल्लेख गर्दै भने, ‘भारतले चाँडै नै थाहा पाउने छ, तपाईहरुले चाँडै नै देख्नुहुने छ ।’उनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानसँग तेल खरिदका लागि भारतले देखाएको अग्रसरताका बारेमा पनि उचित समयमा उचित निर्णय लिइने बताए । ओभलमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘हेर्दैजाउँ ।’अमेरिकाले यस्ता कानुन उल्लंघन गर्ने मुलुकमाथि राजनीतिक, आर्थिक प्रतिबन्धहरु लगाउने गरेको छ । भारतमाथि अमेरिकाले कस्तो प्रतिबन्ध लगाउने हो भन्ने प्रष्ट भइसकेको छैन