मालिकार्जुन नमुना माविमा धापको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीले गरे पदभार ग्रहण

१ बर्ष अघि

२0७९ मंसिर २८ बुधबार

मालिकार्जुन नमुना माविमा धापको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीले गरे पदभार ग्रहण

दार्चुला । मालिकार्जुन नमुना मावि धापको विद्यालय व्यवस्थापन समितिको स्वागत तथा पदभार ग्रहण सम्पन्न भएको छ  । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवसिह धामीले  पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण कार्यक्रममा  पुर्व विद्यालय व्यवस्थापन अध्यक्ष जयराज विष्ट, शिक्षक कर्मचारी जेष्ठ नागरिक लगायतको उपस्थितीमा फुलमाला, खादा, अबिर  सहित अध्यक्ष देवसिह  धामीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष धामीले शिक्षाको विकास र शैक्षिक गुणस्तरका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लामो समय देखि समाजिक कार्य गर्दै आउनु भएका धामी वि.सं २०५४ सालमा धाप गाउँविकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए ।