सुनको भाउ घटेर आज तोलाको एक लाख रुपैयाँ

१ बर्ष अघि

२0७९ मंसिर २७ मंगलवार

सुनको भाउ घटेर आज तोलाको एक लाख रुपैयाँ

काठमाण्डौ – आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो ।

हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो । आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन अस्ति सुन तोलाको एक लाख पाँच सय रुपैयाँ र चाँदी १ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।