धनगढीमा निसर्ग अस्पतालले गर्यो फिजियोथेरापी सेवा शुरु

१ बर्ष अघि

२0७९ मंसिर २३ शुक्रबार

धनगढीमा निसर्ग अस्पतालले गर्यो फिजियोथेरापी सेवा शुरु

कैलाली  ।धनगढीस्थित निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ  अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच उक्त डिपार्टमेन्ट सुरु गरेको हो । 

सुदूरपश्चिममै पहिलोपटक निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताए । हाडजोर्नी तथा नसा रोगको उपचार, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको उनले बताए । 

अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेशीको कमजोरी आदिको पनि उपचार गरिने अस्पतालले जनाएको छ ।