संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

५ बर्ष अघि

२0७५ आश्विन २४ बुधबार

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

दृष्टिकोण समाचार असोज २४  संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् ।साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ ।राष्ट्रपति ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए ।उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए ।ट्रम्प प्रशासनले हेलीलाई सन् २०१७ को जनवरीमा संयुक्त राष्ट्र संघका लागि राजदूत बनाएको थियो ।४६ वर्षीया हेलीले राजीनामा दिनुपर्नाको कुनै कारण खुलाएकी छैनन् ।उनले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको तयारीका लागि राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।