अनेरास्ववियुद्धारा प्रशासनमा ज्ञापनः भारतले निर्माण गरिएको तटबन्धको काम रोक्न माग

१ बर्ष अघि

२0७९ मंसिर १९ सोमबार

अनेरास्ववियुद्धारा प्रशासनमा ज्ञापनः भारतले निर्माण गरिएको तटबन्धको काम रोक्न माग

दार्चुला । अनेरास्ववियु दार्चुलाले भारतले एकपक्षीय रूपमा नेपाललाई क्षति पुग्ने गरी निर्माण गरिरहेको तटबन्धको काम रोक्न माग गरेको छ । महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर भारतले पारीपट्टी तटबन्ध निर्माण गरिरहेको छ । तटबन्धका कारण दार्चुला सदरमुकाम खलंगासहितको भूमि जोखिममा पर्ने भएकोले तटबन्ध निर्माण कार्य रोक्न माग गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिव नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

अनेरास्ववियु दार्चुलाले तटबन्ध निर्माण, सीमा अतिक्रमण लगायत विभिन्न विषयमा ध्यानआकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलार्य आज सोमबार ज्ञापनपत्र समेत पेस गरेको छ । हाम्रो गौरबशाली विद्यार्थी संगठन अनेरास्ववियु राष्ट्रिय स्वाधिनताको रक्षार्थ सदैव लड्दै आइरहेको संगठन हो, ज्ञापनमा भनिएको छ, मूलुकको सीमा अतिक्रमणको विरुद्धमा होस् वा सीमानामा नेपाली माथी ज्यादती हुदाँ नै किन न होस् अनेरास्ववियु सदैव विना बर्दीको सिपाई भई राष्ट्रियता र सीमा रक्षार्थ निरन्तर संर्घषको मैदानमा रहदै आएको छ । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगामा भारतीय पक्षले अन्र्तराष्ट्रिय कानूनको उलंघन गर्दै हेपाहाशैलीमा एकपक्षीय रुपमा महाकाली नदीको धार परिर्वत हुने गरी तटवन्ध निर्माण कार्य सुरु गरेको प्रति अनेरास्ववियुको गम्भिर धानाकर्षण भएको छ । एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध कार्यले जिल्ला सदरमुकाम खलंगा बजार नै उच्च जोखिममा रहेको छ ।
उक्त कार्यको स्थानीयले प्रतिकार गर्दा हिजो मंसिर १८ गते आइतबार साझ ४ बजेतिर भारतीय पक्षबाट भएको ढुङ्गा प्रहारले नेपाल पक्षका बालकहरुले चोट खेप्नु परेको छ । साथै सीमा जस्तो संम्वेदनशिल विषयमा समेत नेपाल सरकारले मौनता साध्नुले हाम्रो राज्य सीमा सुरक्षामा हदै सम्मको गैरजिम्मेवार छ भन्ने प्रष्ट देखिन्छ । हामी तत्काल भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथी निरन्तर धावा बोलिरहने विस्तावादी नीति वन्द गर्दै तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न नेपाल सरकारलाई आवश्यक पहल कदमी लिन जोडदार माग गर्दछौ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमान माथी आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, संरचना निर्माण रोकिनु पर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्व टुङ्गाइनु पर्छ र वार्ताबाट समाधान नखोजिदा सम्म राज्य स्थरबाट कुनैपनि संरचना बनाइनु हुन्न भन्ने अनेरास्ववियुको अबिचलित मान्यता छ, तर राष्ट्रियतासँग सम्वन्धित यस्तो गंम्भीर विषयमा बर्तमान सरकारको संन्देहास्पद मौनताले अनेकौ प्रश्न जन्माएको छ । अनेरास्ववियु यस विषयमा भारतसँग अविलम्व गम्भीर सम्वाद गर्न, सवैखाले बलमिच्याई रोक्न लगाउन सार्थक पहल गर्न सरकारसँग माग गर्दछ, अनेरास्ववियु जिल्ला कमिटी सचिव नरेन्द्र जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।