एमाले दार्चुलाले नौँ वटै पालिकामा धन्यबाद सभाको आयोजना गर्ने

१ बर्ष अघि

२0७९ मंसिर १९ सोमबार

एमाले दार्चुलाले नौँ वटै पालिकामा धन्यबाद सभाको आयोजना गर्ने

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले मतदातालाई धन्यबाद ज्ञापन गर्न र कार्यकर्ताहरुसंग भेटघाट गर्न दार्चुलाका नौँ वटै स्थानीय तहमा धन्यबाद सभाको आयोजना गर्ने भएको छ । मतदातासंग भेटघाट गरेर धन्यवाद ज्ञापन गर्न सबै पालिकामा भेलाको आयोजना गर्ने तयारी भइरहेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साथ दिदै नेकपा एमालेलाई माया गरि मतदान गर्नु हुने सम्पुर्ण मतदाताहरुलाई भेटेर धन्यबाद ज्ञापन गर्ने र कार्यकर्ताहरुसंग समेत भेटघाट गर्ने उद्धेश्यले भेलाको आयोजना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रमका लागि एमाले दार्चुलाले समय तालिका समेत सार्वजनिक गरेको छ ।


मंसिर २० गते विहान ११ वजे ब्याँस गाउँपालिकाको सुन्सेरामा र दिउँसो २ वजे दुहुँ गाउँपालिकाको हिकिलामा भेलाको आयोजना हुनेछ । मंसिर २१ गते विहान ११ वजे नौगाड गाँउपालिकाको होपरिगाडमा र दिउँसो २ बजे मार्मा गाउँपालिकाको लटीनाथमा भेलाको आयोजना हुनेछ । यस्तै मंसिर २२ गते दिउँसो १२ वजे अपी हिमाल गाउँपालिकाको खण्डेश्वरीमा, मंसिर २३ गते विहान ११ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा र मंसिर २३ गते दिउँसो २ बजे लेकम गाउँपालिकाको चौपातामा भेलाको आयोजना गरिएको छ । मंसिर २४ गते विहान ११ बजे मालिकार्जुन गाउँपालिकाको मडमा र दिउँसो २ वजे महाकाली नगरपालिकाको खलंगामा भेलाको आयोजना गरिएको एमाले दार्चुलाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

सबै पालिकामा मतदाता भेटघाट तथा कार्यकर्ता भेला सम्पन्न गरेर जिल्ला कमिटी बैठक मंसिर २५ गते खलंगामा बस्ने जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले जानकारी दिनुभयो । दार्चुलामा प्रतिनिधिसभा र दुबै प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्राविधिक कारणले पराजित भएपनि सम्मानित मत पाएकोले मतदातालाई धन्यबाद ज्ञापन गर्न भेलाको आयोजना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।