दार्चुलाको सीमा क्षेत्रमा तनाव, दुबै देशका अधिकारीबिच कुरा भएपछि बन्द गरिएको पुल खोलियो

१ बर्ष अघि

२0७९ मंसिर १९ सोमबार

दार्चुलाको सीमा क्षेत्रमा तनाव, दुबै देशका अधिकारीबिच कुरा भएपछि बन्द गरिएको पुल खोलियो

दार्चुला । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा तनाव सिर्जना भएको छ ।आईतवार दिउँसो जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो।  हिजो भएको विवादमा नेपाल बाट र भारत बाट  ढुंगा प्रहारसमेत गरेको स्थानीयहरुले बताएका छन् । दुवै तर्फबाट ढुंगा प्रहार गर्दा चार  घाइते भएको बताइएको छ। यद्धपी दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने पारीबाट नभइ वारीबाट ढुगां प्रहार भएको र डोजर चालक सामान्य घाइते भएको बताउनुभयो । नेपाली नागरिकहरुले दिउँसो तटबन्धको विरोधमा नेपाल–भारत जोड्ने पुलमा आवतजावत बन्द गरेका थिए ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धारचुलाका एसडीएमबिच कुराकानी भएपछि केही समय बन्द भएको पुल खोलिएको छ । विगतमा भएका सहमति कार्यान्वयन गर्ने र दुइपक्षीय सहमतिका आधारमा मात्रै निर्माण कार्य अगाडी बढाउने सहमति पछि पुल खोलिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।

पुल बन्द भएर वारिपारी स्थानीय रोकिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यय नेतृत्वको टोली भारततर्फ निर्माण गरिरहेको तडबन्धको स्थलगत निरीक्षण गरेका थिए । स्थलगत अनुगमनको क्रममा प्रजिअ उपाध्यायले भने, ‘नेपालतिर क्षतिपुग्ने गरी तडबन्ध निर्माणको कार्य नगरौँ ।’ दुवैको सहमतिमा काम गर्दा सहज हुन्दै आगामी दिनमा सावधानी अपनाउन आग्रह गरे । 
सीमामा तडबन्ध बनाउँदा दुवै पक्षको सहमति आवश्यक हुन्छ । एकतर्फबाट मात्र क्षति हुने गरी काम नगर्ने सहमति भएको छ उनले भने । ‘भोलीबाट दुवै पक्षले संरचना बनाउँदा निरीक्षण गरेर काम अघि बढाउन भनेका छौ ।’