लगातार बढ्दै सुन चाँदीको भाउ

१ बर्ष अघि

२0७९ मंसिर १८ आईतवार

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाण्डौ । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।