विश्व कप लिग २ अन्तर्गत नेपाल र स्कटल्यान्ड खेल्दै

१ बर्ष अघि

२0७९ मंसिर १८ आईतवार

विश्व कप लिग २ अन्तर्गत नेपाल र स्कटल्यान्ड खेल्दै

काठमाण्डौ  । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग टू शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल दिउँसो पौने २ बजे विन्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबियासँगको खेल वर्षाका कारण प्रभावित भए पछि नेपालले एक अङ्क पाएको छ । स्कटल्यान्डले भने शृङ्खलाको पहिलो खेलमा नामिबियालाई पराजित गरेको छ । नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टू खेलिरहेको छ ।