चौथो पटक बजार अनुगमन म्याद नाघेका समान स्थानियहरुको रहोबरमा नस्ट

५ बर्ष अघि

२0७५ आश्विन २३ मंगलवार

चौथो पटक बजार अनुगमन म्याद नाघेका समान स्थानियहरुको रहोबरमा नस्ट

ललित सामन्त असोज २३ दार्चुला । दशै तिहार नजिकिए संगै जिल्ला प्रहरी कार्यालय दार्चुलाले बजार अनुगमनमा त्रिबता दिएको छ । आज सम्म जिल्ला प्रहरी कार्यालय दार्चुलाले चौथोे पटक बजार अनुगमन गरेको हो । चौथो पटक पनि बजार अनुगमन गर्दा पेय पदार्य४० बोतल चिसो र खाद्य भुजिया १३ प्याकेट बरामदगरि स्थानीयहरुकोे रहोबरमा नै नष्ट गरिएको दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो ।यसरी चाडपर्वका बेला गा्रहकहरुलाई म्यादनाघेका समान बित्री बितरण हुने र महंगी ,कालोबजारी कमगर्ने उद्देश्यले बेला बेला बजार अनुगमन गर्न लागेको बोहोराले जानकारी दिनु भएको छ । बेला बेला यसरी बजार अनुगमन गरिएता पनि अझै पनि अद्याद बस्तु कतिपय मात्रामा रहेको स्थानीयहरुले गुनासो गरेका छन् । चाडपर्वका बेला मात्रै जिल्ला प्रहरी कार्यालयले बजार अनुगमनगरेता पनि स्थानीयहरुले म्याद नाघेका समानहरु लग्ने गरेकोले म्याद नाघेका बस्तुहरुमा कमी नआएको कतियस्थानीयहरुको बुझाई रहेको छ तर भने दशै सम्म बेला बेला बजार अनुगमन गर्ने र स्थानीयहरुकै रहोबरमा नस्ट गर्न प्रहरी निरीक्षक एवम् सुचना अधिकारी हिक्मत बहादुर बोहोराले जानकारी दिनु भएको छ ।      
चौथो पटक बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय उद्योग वाणिञ्य सघं ,कोष तथा लेखा नियनत्रण कार्यालय ,महाकाली नगरपालीका ,घरेले तथा साना उद्योग कार्यालय , जिल्ला पशु सेवा कार्यालयले सयुतmरुपमा  अद्याद वस्तुहरु  स्थानीयको रहोबरमा नष्ट गरिएको दार्चुलाका प्रहरी निरीक्षक एवम् डिएसपी नवराज अधिकारीले जानकारी दिनु भएको छ ।