सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ

१ बर्ष अघि

२0७९ मंसिर १५ बिहीबार

सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ

बाजुरा  । बाजुरामा सर्वदल‍ीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन । बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुनस् बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो । मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।