दार्चुलामा १२ उम्मेदवारले बुझाए खर्च विवरण

१ बर्ष अघि

२0७९ मंसिर १५ बिहीबार

दार्चुलामा १२ उम्मेदवारले बुझाए खर्च विवरण

दार्चुला । दार्चुलामा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन लडेका १८ मध्ये हालसम्म १२ जनाले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय दार्चुलामा पेस गरेका छन् । मंसिर ४ गते आइतबार सम्पन्न भएको निर्वाचनको खर्च विबरण बुझाउन निर्वाचन आयोगले आइतबार राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई निर्देशन दिएपछि दार्चुलामा पनि राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी खर्च विबरण बुझाउन थालेका हुन् ।

निर्वाचन कार्यालय दार्चुलाले आइतबार एक सुचना जारी गदैँ ३५ दिन भित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएपछि उम्मेदवारहरु चुनावमा भएको खर्च विबरण बुझाइरहेका हुन् । हालसम्म गठबन्धन, एमाले लगायत केही राजनीतिक दलका उम्मेदवार र प्रदेशसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् । विभिन्न व्यक्तिहरुबाट एक लाख १५ हजार ६५७ रकम सहयोग प्राप्त भएको र उम्मेदवार स्वयंमले ७३ हजार १४१ रुपैया खर्च गरेको गरी कुल एक लाख ८८ हजार ७९८ रुपियाँ चुनावी खर्च भएको उम्मेदवार धामीले बताउनुभयो ।