बाजुरामा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

१ बर्ष अघि

२0७९ मंसिर १४ बुधबार

बाजुरामा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

बाजुरा – निर्वाचन आयोगले बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनपछि बुथ कब्जा गरेर मतदान गरिएको भन्दै एमाले र कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएपछि मतगणना रोकिएको थियो । 

आयोगको बुधबार बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । यस्तै आयोगले स्याङ्जा क्षेत्र नं २ मा पनि मतगणना गर्ने निर्णय गरेको छ ।