चाडबर्व नजिकीएसँगै सीमा क्षेत्रमा घर फर्किनेहरुको भिडभाड

५ बर्ष अघि

२0७५ आश्विन २३ मंगलवार

चाडबर्व नजिकीएसँगै सीमा क्षेत्रमा घर फर्किनेहरुको भिडभाड

ललित सामन्त, असोज २३ दार्चुला । 
दशै तिहार नजिकीएसंगै विदेशमा काम गर्न गएकाहरु घर फर्कने क्रम बढेको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगाब बजारको पुल घाटमा भारत बाट घर आउने नेपालीहरुको संख्यामा वृद्धि भएको छ । दशैको चहलपहल सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु घर फर्कन थालेका हुन् । दार्चुला नाका भएर घर फर्कने नेपालीहरुको संख्या बढी रहेको अस्थाई प्रहरी पुलघाँटका इन्चार्ज लक्ष्मण दत्त भट्टले बताउनु भयो ।
आफ्नो घरखर्च चलाउनको लागि दार्चुलाबाट हजारौ संख्यामा कामदाहरु कामका लागि भारतमा रहेका छन् । दार्चुलाका कतिपय व्यतिmहरु २÷३ महिनाको लागि भारत पस्छन् त कोही खेतीपाती लागाउने बेला घर आउने गरेका छन् । दार्चुला नाका बाट घर फर्किने क्रममा नेपालीहरुले भारतीय पक्षबाट विभिन्न किसिमको समस्याहरु भोगि रहेका छन् । धेरै पैशा बोक्न नपाईने झोला चेकजाँचका क्रममा विभिन्न दुव्र्यवहार हुने गरेको लगायतका समस्याहरु हुने उनीहरुले बताएका छन् । 
तर यसपटक भने नेपाल भारत सयुक्त सीमा सुरुक्षा बैठक बेला बेला बस्ने गरेका कारण विगत भन्दा यो बर्ष त्यस्ता दुव्र्यवहार र सीमामा ठगिनेक्रम केही मात्रामा घटेको प्रहरीले जनाएको छ ।