मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित

१ बर्ष अघि

२0७९ मंसिर १३ मंगलवार

मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित

 काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा विवाद आएका कारण मतगणना रोकिएको छ भने कतिपय क्षेत्रमा पुनः मतदान गराउन तयारी भइरहेको छ । मतगणना हुननसकेका क्षेत्रमा सबैतिर नेकपा एमालेले बखेडा निकालेको छ ।
मंसिर ४ को निर्वाचन निकै ठूलो धाक देखाउँदै आएका नेकपा एमाले अध्यक्ष केपी ओली अहिले चुनावमा हार ब्यहोर्नु परेपछि विवादीत क्षेत्रमा पुनः मतदान हुनेपर्ने भन्दै निर्वाचन आयोगलाई दवाव दिइरहेका छन् । अब निर्वाचनको अन्तिम परिणाम नौ क्षेत्रको मात्रै बाँकी छ । अहिलेसम्म आएको परिणामले मोटामोटी खाका तयार भइसकेको छ भने यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म निर्वाचित भएर आएका छन् ।

आम निर्वाचन २०७९ मा भाग लिने राजनीतिक दलहरु धेरै भएपनि अस्तित्वमा भने थोरै दलहरुमात्र आएका छन् । निर्वाचन जितेर अस्तित्वमा आएका दलका सबै अध्यक्षहरु निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मात्रै पराजित भएका छन् । संसदमा रहेका बाहेक दुइ पार्टी पनि आएका छन् । यसपटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक दर्जन हाराहारीका पार्टी मात्रै संसदमा पुग्दैछन् ।

निर्वाचनपछि संसदको सबैभन्दा ठूलो दल बन्दैछ नेपाली कांग्रेस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् । सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौंपटक निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याएका थिए ।