सुदूरपश्चिममा कम्युनिस्टहरुको बिजोग अवस्था

१ बर्ष अघि

२0७९ मंसिर १३ मंगलवार

सुदूरपश्चिममा कम्युनिस्टहरुको बिजोग अवस्था

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको ९ दिन पूरा भएको छ । यद्यपि निर्वाचन सम्पन्न भए पनि सबै मतपरिणाम आउन भने केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । आज ९सोमबार० यो समाचार तयार पार्दासम्म आयोगले दिएको जनाकारी अनुसार १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार नेपाली कांग्रेस ५३ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने नेकपा ९एमाले० ४२ क्षेत्रमा विजयी भएको छ । नेकपा ९माओवादी केन्द्र० १७ र नेकपा एकीकृत समाजवादी १० निर्वाचन क्षेत्रमा विजयी भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७÷७ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी ४ क्षेत्रमा विजयी भएको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा विजयी हासिल गरेको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा १÷१ निर्वाचन क्षेत्रमा विजयी भएका छन् भने स्वतन्त्रले ५ क्षेत्रमा विजयी हासिल गरेको छ ।

म्इध्ल्ीइब्म्

थ्यगच च्भबितष्यलकजष्उ ध्ष्िि न्भत क्तचयलनभच बतभच त्जष्क१
ीष्mभष्निजत ःभमष्ब
सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० वटा क्षेत्रको मतगणना हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो । यो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पाटी्र्रले पाँच निर्वाचन क्षेत्रमा विजय हासिल गरि तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चौथो स्थानमा रहेको छ भने एकीकृत समाजवादी जम्मा दुई निर्वाचन क्षेत्रमा विजयी भएको छ । एउटा निर्वाचन क्षेत्रमा मात्रै स्वतन्त्र उम्मेदवार विजयी भएको आयोगले बताएको छ ।

सुदूरपश्चिमको दार्चुला–१ मा गठबन्धनका साझा तथा कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् । उनले २८ हजार पाँच १५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले २६ हजार तीन सय ८१ मत प्राप्त गरि पराजित भएका छन् ।

दार्चुलामा कुल मतदाता ८९ हजार एक सय ५४ मतदाता रहेका छन् । जसमध्ये ४५ हजार पाँच सय ४३ पुरुष मतदाता रहेका छन् भने ४३ हजार छ सय ११ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले बाजी मारेको छ । उक्त पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ विजयी भएकी छन् । उनले ३० हजार चार सय चार मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा तथा कांग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत प्राप्त गरि पराजित भएका छन् । त्यस्तै एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ६ हजार ७०३ मतदाता संख्या रहेको छ । जसअन्तर्गत पुरुषको ५१ हजार सात सय २९ मतदाता संख्या रहेको छ भने महिला मतदाता ५४ हजार नौँ सय ७३ मतदाता रहेका छन् भने अन्य एक जना मतदाता छन् ।

कैलाली–२ मा पनि नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । उक्त पार्टीका उम्मेदवार अरुणकुमार चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरि विजयी भएको हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार झप्पडबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ४ हजार नौँ सय छ मतदाता रहेका छन् । पुरुष मतदाता ५० हजार नौँ सय छ जना छन् भने महिला मतदाता ५३ हजार नाँै सय ९८ छन् भने अन्य दुई जना रहेको निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

कैलाली–३ मा पनि नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । उक्त पार्टीका उम्मेदवार गंगाराम चौधरीले २३ हजार एक सय २० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा तथा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरे भने एमालेका उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार आठ सय ७४ मत प्राप्त गरे ।

यस क्षेत्रमा कुल मतदाता एक लाख ७ हजार ६५९ रहेका छन् भने पुरुष मतदाता ५३ हजार दुई सय ८५, महिला मतदाता ५४ हजार तीन सय ७० रहेका छन् । अन्य मतदाता चार रहेको निर्वाचन आयोगले जनाएको छ ।

कैलाली–४ मा गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उक्त पार्टीका उम्मेदवार वीरबहादुर बलायरले २६ हजार दुई सय ७५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एवम् एमालेका उम्मेदवार लेखराज भट्टले २२ हजार छ सय ६३ मत प्राप्त गरि पराजित भए ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख १० हजार चार सय ५३ रहेका छन् । जसअनुसार पुरुष मतदाता ५३ हजार छ सय ५४ छन् भने महिला मतदाता ५६ हजार सात सय ९८ रहेका छन् भने अन्य एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कैलाली–५ मा सत्ता गठबन्धनका साझा तथा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले २१ ह्जार तीन सय ९२ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार नारदमुणि रानाले २० हजार तीन सय १८ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ५ हजार सात सय ९३ जना रहेका छन् । पुरुष मतदाता ५२ हजार ४६ छन् भने महिला मतदाता ५३ हजार सात ४४ रहेका छन् । अन्य तीन जना रहेको निर्वाचन आयोगले जनाएको छ ।

कञ्चनपुर–१ मा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवार तारालामा तामाङले २४ हजार आठ सय ९२ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा तथा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार १९ हजार तीन सय ४६ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता ९९ हजार एक सय १० रहेका छन् । पुरुष मतदाता ४८ हजार ५३८, महिला मतदाता ५० हजार ५७२ रहेको निर्वाचन आयोग कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर–२ मा गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले २८ हजार एक सय ३६ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार नरबहादुर धामीले २१ हजार छ सय ८२ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ५ हजार पाँच सय ७७ रहेका छन् । पुरुष मतदाता ५० हजार आठ सय ३०, महिला मतदाता ५४ हजार सात सय ४६ रहेका छन् भने अन्य एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कञ्चनपुर–३ मा गठबन्धनका साझा तथा कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् । उनले ३० हजार पाँच सय ७५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार निरुदेपी पालले १८ हजार चार सय ८५ मत प्राप्त गरिन् ।

यस क्षेत्रमा कुल मतदाता ९७ हजार आठ २२ रहेका छन् । पुरुष मतदाता ४७ हजार चार सय ७८ महिला मतदाता ५० हजार तीन सय ४४ रहेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुरा–१ मा प्रधानमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा विजयी भएका छन् । उनले २५ हजार पाँच सय ३४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए ।

यस क्षेत्रमा कुल मतदाता ९१ हजार दुई सय एक रहेका छन् । पुरुष मतदाता ४५ हजार तीन सय ९२, महिला मतदाता ४५ हजार आठ सय नौँ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बैतडी–१ मा एमालेका उम्मेदवार दामोदर भण्डारीले ३३ हजार छ सय ११ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा तथा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । पुरुष मतदाता ७४ हजार आठ सय ७७, महिला मतदाता ७५ हजार दुई सय ७७ र अन्य दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अछाम–१ मा नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् । उनले १९ हजार पाँच सय ३४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार झपडबहादुर रावलले १५ हजार ४५ मत ल्याए ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता ७९ हजार ३६ रहेका छन् । पुरुष मतदाता ३८ हजार एक सय ३३, महिला मतदाता ४० हजार नौ सय दुई र अन्य एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अछाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी भएका छन् । उनले २२ हजार नौँ सय ५४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी १६ हजार एक सय १४ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता ७९ हजार छ सय २१ रहेका छन् । पुरुष मतदाता ३९ हजार दुई सय ५७, महिला मतदाता ४० हजार तीन सय ६३ र अन्य एक जना रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

डोटी–१ मा गठबन्धनका साझा तथा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले मगर निर्वाचित भएका छन् । उनले २७ हजार दुई सय १० मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी ओलीले २३ हजार चार मत प्राप्त गरि पराजित भइन् । यस क्षेत्रमा कुल मतदाता एक लाख २४ हजार आठ सय ७० रहेका छन् ।

पुरुष मतदाता ५९ हजार एक सय ३५, महिला मतदाता ६५ हजार सात सय ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा कुल मतदाता एक लाख २४ हजार आठ ७०, पुरुष मतदाता ५९ हजार एक सय ३५, महिला मतदाता ६५ हजार सात सय ३५ रहेका छन् ।

बझाङ–१ मा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीले २८ हजार चार सय १३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका ऐनबहादुर महरले २७ हजार चार सय १२ मत प्राप्त गरे ।

यस निर्वाचन क्षेत्रमा कुल मतदाता एक लाख २२ हजार तीन सय ७६ रहेका छन् । पुरुष मतदाता ६१ हजार छ सय ३८, महिला मतदाता ६० हजार सय ९४ रहेका छन् ।

बाजुराको मत भने गणना हुन बाँकी छ ।