यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा

१ बर्ष अघि

२0७९ मंसिर १३ मंगलवार

यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा

जनकपुर । मंसिर ४ मा भएको आम निर्वाचनको परिणाले मधेश प्रदेशमा सन्नटा छाएको छ । विगत जस्तो चुनावी परिणामबाट यो भेगका अधिकांश जनाता उत्साहित भएको देखिदैन् । यसको मुख्य कारण हो मधेशमा माग उठाउँदै आएका मेधशवादी दलको पराजय । प्रदेशलाई मुख्य आधार बनाएर राजनीति गर्दै आएका मभेशवादी दलहरु यतिबेला मेधशभित्र पनि खुम्चिएर बसेका छन् ।

मधेशका मागका सवालमा आफुलाई विगतदेखि नै उभ्याउँदै आएको जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा लाई यो निर्वाचनमा आसातित मत आउन सकेन । उनीहरुको राजनीतिक व्यवहारले पनि यो पटक मधेशका जनाताले मधेशवादीभन्दा अरु दललाई मत दिएर पठाएका छन् । जसपाका अध्यक्ष स्वयम सप्तरी २ बाट पराजित भएका छन् ।

विसं २०६२÷६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा एमालेले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो ९महासेठ० निर्वाचित भइकी छन् ।

शुक्रबार जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधिका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएका थिए ।