६३  औ प्रहरी दिवसको अवसरमा  बजार क्षेत्र सरसफाई

५ बर्ष अघि

२0७५ आश्विन २३ मंगलवार

६३  औ प्रहरी दिवसको अवसरमा  बजार क्षेत्र सरसफाई

दृष्टिकोण समाचार असोज २३ दार्चुला 
जिल्ला प्रहरी कार्याालय दार्चुलाले ६३ औ प्रहरी दिवसको अवसरमा मंगलबार  क्षेत्रमा सरसफाई गरेकको छ ।
महाकाली नगरपालिका ४ र ५ मा रहेको जिल्ला सदरमुकाम क्षेत्रमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाईमा सरसफई गरिएको हो । 
उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चाय उद्योग वाणिज्य संघका पदाधिकारी महाकाली नगरपालीकाका वार्ड नम्बर ४ र ५का वडा अध्यक्ष युवा क्लव, स्थानीय व्यतिmहरु ,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सञ्चार कर्मीहरुको उपस्थीतिमा बजार क्षेत्रको सरसफाई गरिएको प्रहरी निरीक्षक हिकमत बोहोराले जानकारी दिनुभएको छ । सोही अ‍ौवसरमा टोलटोलमा प्रहरी कार्यक्रम अन्तरर्गत सामुदाईक प्रहरी सेवा केन्द दार्चुलाले विभिन्न अपराध न्युनिकरण सम्बधी जनचेतना मुलक पर्चा पम्पलेट पनि वितरण गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयले यो भन्दा पहिले जिल्लामा कार्यरत प्रहरी हवल्दार तथा प्रहरी जवानहरु विच “घटनास्थल सुरक्षामा प्रहरीको भुभिका ” विषयक निबन्ध प्रतियोगिता सञ्चालन गरेको थियो ।६३ औ प्रहरी दिवस २०७५को उपलक्ष्मा श्री महेन्द्र नमुना मा वि का विद्रयालय प्रतियोगिता मा “महिला हिसां न्युनिकरणमा मेरो भुमीका ” विषयक निबन्ध प्रतियाोगिता आयोजना गरिएको प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भएको छ । उतm निबन्ध प्रतियोगितामा ५ ओटा मा वि का २४ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रहरीले प्रहरी दिवसको पुर्वसन्धयामा नै ३ ओटा कार्यक्रम गरिसकेको प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिनुभएको छ ।