सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

१ बर्ष अघि

२0७९ मंसिर १0 शनिबार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेट भएको छ । गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर। बीच दुई देशको सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।