दार्चुलामा सामानुपातिक मतगणना सकियो, एमाले २४,८८३ मतसहित पहिलो स्थानमा, कांग्रेश दोस्रो

१ बर्ष अघि

२0७९ मंसिर १0 शनिबार

दार्चुलामा सामानुपातिक मतगणना सकियो, एमाले २४,८८३ मतसहित पहिलो स्थानमा, कांग्रेश दोस्रो

दार्चुला । दार्चुलामा प्रदेश र प्रतिनिधिसभातर्फको सामानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना सम्पन्न भएको छ । प्रदेशसभा सामानुपातिकमा ठूलो मतान्तरले पहिलो स्थानमा रहेको एमाले प्रतिनिधिसभामा पनि प्रदेशमा पाएकोभन्दा बढी मतसहित पहिलो नै भएको छ । कांग्रेश दोस्रो स्थान र माओबादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

दार्चुलाका नौँ स्थानीय तहको प्रतिनिधिसभामा खसेको कुल मत ५८ हजार ९९१ मध्ये ५६ हजार  ५२२ सदर र  दुई हजार ४६९ बदर भएको छ । सदर मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले सुर्य चुनाव चिन्हमा २४ हजार ८८३ मत प्राप्त भएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेशले रुख चुनाव चिन्हमा २० हजार  ६५५ मत प्राप्त गरेको छ । भने नेकपा माओबादी केन्द्रले हसिया हतौडा चुनाव चिन्हमा आठ हजार १९० मत प्राप्त भएको छ ।


अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।

दार्चुलामा प्रदेशसभातर्फ सामानुपातिक निर्वाचन प्रणालीको मत गणना शुक्रबार सकिएको छ । प्रदेशसभातर्फ सामानुपातिकमा कुल खसेको ५८ हजार ८६० मतमध्ये तीन हजार ७२५ मत बदर र ५५ हजार १३५ मत सदर भएका छन् ।

सदर मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले सुर्य चुनाव चिन्हमा २४ हजार ६२१ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेशको रुख चुनाव चिन्हमा १६ हजार ८००, माओबादी केन्द्रको हसिया हतौँडा चुनाव चिन्हमा १० हजार ६५६ मत प्राप्त भएको छ । नेकपा एकीकृत समाजवादीले एक हजार १७१ मत मात्रै पाएको छ । अन्य ३० पार्टीले दार्चुलाबाट एक हजारभन्दा कम मत प्राप्त गरेका छन् ।