कारागारमा रहेका पुर्वसांसद रेशम चौधरीका बुबाले जिते निर्वाचन

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

कारागारमा रहेका पुर्वसांसद रेशम चौधरीका बुबाले जिते निर्वाचन

काठमाडौ । रेशम चौधरीका बुबाले बर्दिया क्षेत्र नं। २ मा प्रतिनिधिसभा निर्वाचन जितेका छन् । रेशम चौधरीका बुबा लालवीर चौधरी गठबन्धनबाट नेकपा माओवादी केन्द्र०का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै विजयी भएका हुन् ।

चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।
यसैगरी नेकपा ९एमाले०का पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।
क्षेत्र नं। २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।