भारत विरोधी विचारधाराका कारण मधेसमा उपेन्द्र यादवको पतन भयो

१ बर्ष अघि

२0७९ मंसिर ८ बिहीबार

भारत विरोधी विचारधाराका कारण मधेसमा उपेन्द्र यादवको पतन भयो

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई यसपटक मधेसको जनताले ऐना देखाएको छ । पन्ध्र वर्षदेखि मधेसका जनतालाई सताउने उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र नं १ बाट जनमत पार्टीका चन्द्रकान्त रावतसँग १६ हजार मतले पराजित भएका छन् । उनको पराजयको मुख्य कारण देशको आधारभूत समस्या नउठाउनु र भारत विरोधी भनाइ र चीनसँगको निकटता रहेको बताइएको छ । उपेन्द्रको पतनको कारण उनको अहंकार, परिवारवाद, जातिवाद र उत्पीडन हो, विगतमा सरकारमा रहेर उनले मधेसका जनताका लागि केही गरेनन् र आफ्नो खल्ती भरिरहेका छन् ।अब जनताले जनमत पार्टीका सिके रावतलाई निर्वाचित गरेका छन् । उनले मधेसका जनताका लागि काम गर्ने अपेक्षा राखेका छन्