एमाले अध्यक्ष ओली झापा–५ बाट भारी मतान्तरले निर्वाचित

१ बर्ष अघि

२0७९ मंसिर ७ बुधबार

एमाले अध्यक्ष ओली झापा–५ बाट भारी मतान्तरले निर्वाचित

काठमाण्डौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी भएका छन् । उनी ५१६१९ मतका साथ विजयी भए । ओलीका प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीले २३२३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ । यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । ६६।२०प्रतिशत मत खसेको हो । अध्यक्ष ओली २०४८,२०५१, २०५६, २०७०,२०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी भएका थिए ।