सुदूरपश्चिमका ८ जिल्लामा मतगणना जारी, को कहाँ अगाडि

१ बर्ष अघि

२0७९ मंसिर ७ बुधबार

सुदूरपश्चिमका ८ जिल्लामा मतगणना जारी, को कहाँ अगाडि

धनगढी । सुदूरपश्चिमको १ जिल्ला बाहेक सबै ठाउँमा मतगणना भइरहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन्। यो समाचार तयार पार्दासम्म कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्। 


कैलाली २ मा भने प्रतिनिधि सभामा माओवादीका उम्मेदवार अग्र स्थानमा छन्। तर, प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर अगाडि छन्। उक्त निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमा गठबन्धनका दीर्घ सोराडी र प्रकाश बम अगाडि छन्।


कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्त अगाडि छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा एमालेका उम्मेदवार नेपालु चौधरी अगाडि छन्। प्रदेश सभा २ मा काँग्रेसका उम्मेदवार प्रकाश देउवा अगाडि छन्।