दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ मा कांग्रेस नेता बिक्रम धामी विजयी

२ बर्ष अघि

२0७९ मंसिर ७ बुधबार

दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ मा कांग्रेस नेता बिक्रम धामी विजयी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई १६७६ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका धामीले १५ हजार १२७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो । प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनकै साझा उम्मेदवार माओवादी नेता मानबहादुर धामी निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभाको मतगणना जारी छ ।