एमाले चुनावी सभा सकिदै, छापरीमा नेपाली काग्रेस गाउँ उपसभापति एमाले प्रवेश

१ बर्ष अघि

२0७९ कार्तिक ३0 बुधबार

एमाले चुनावी सभा सकिदै, छापरीमा नेपाली काग्रेस गाउँ उपसभापति एमाले प्रवेश

दार्चुला । नेकपा एमालेको चुनावी सभा सकिदै छ । निर्वाचन आयोगको मौन अवधि सकिन लाग्दा एमालेको चुनावी सभा सकिन लागेको हो । बुधबार नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्ना, प्रदेश सभा १ का उम्मेदवार हरदेव जोशी लगायतको उपस्थितिमा महाकाली नगरपालिका १ छापरीमा आमसभा गरेको हो ।
जिल्लाभरीका ९ वटै स्थानीय तहमा एमालेले घरदैलो अभियान तथा चुनावी सभा गरेको छ । चुनावीसभामा महाकाली नगरपालिका १ छापरीका नेपाली काग्रेस गाउँ कार्यसमिति उपसभापति रामसिंह कार्की, विरसिंह कार्की र सुरेश भूलले नेकपा एमाले प्रवेश गरेका छन् । 
छापरीमा भएको चुनावीसभालाई सम्बोधन गर्दै एमालेकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले सामाजिक सुरक्षा कार्यक्रम एमालेले ल्याएको भन्दै यस्तो कार्यक्रम अरु कसैले ल्याउन नसक्ने बताउनुभयो । हामीले सामाजिक सुरक्षा कार्यक्रममार्फत ११ हजार बढि जेष्ठ नागरिकलाई सम्बोधन गरेका छौ । हाम्रो पार्टी सरकारमा हुँदा सामाजिक सुरक्षा भत्ता बढाउँदै लगेका थियौ । पाँच वर्ष सरकार चलाउन पाएका भए पाँच हजार भत्ता पुर्याउथ्यौँ उहाँले भन्नुभयो, तर परमादेशी सरकारका कारण हामीले पूरै सरकार चलाउन पाएनौ । हामी सरकारमा जाने वित्तिकै अझै समय सापेक्ष सामाजिक सुरक्षा भत्ता बढाउँदै लग्ने उहाँको भनाई छ ।