भारतसंग जोडिएका दार्चुलाका सीमानाकाहरु ७२ घण्टा बन्द हुने

१ बर्ष अघि

२0७९ कार्तिक २९ मंगलवार

भारतसंग जोडिएका दार्चुलाका सीमानाकाहरु ७२ घण्टा  बन्द हुने

दार्चुला । निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका दार्चुलाका सीमा नाकाहरु तीन दिन  बन्द हुने भएका छन् । प्रतिनिधि र  प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न  गर्नका लागि मंसिर १ गते राती  १२ बजे  देखी सीमा नाका तीन दिन बन्द  हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले  जनाएको  छ ।

प्रशासनले एक सूचना जारी  गरेर मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राती  १२ बजे सम्म  सीमानाका  बन्द हुने जनाएको  छ । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी हेमन्ती साउदले बताए ।

लेकम गाउँपालिकाको लालि मालिकार्जुन गाउँपालिकाको उकु, जोलजीवि महाकाली नगरपालिकाको दत्तु,पुलघाट नाका , व्याँस गउँपालिकाको बडुगाउँ,तिग्रम,मलघट्टे,मालघाट सिता पुल  झोलुगे पलहरुबाट चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । यो बिषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भईसकेको बताइएको  छ ।