जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या

५ बर्ष अघि

२0७५ आश्विन २१ आईतवार

जिल्ला प्रहरी प्रमुखसहित ६ प्रहरीको हत्या

दृष्टीकोण समाचार अफगानिस्तान, असोज २१ । तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार अफगानिस्तानको पूर्वी प्रान्त वारदाकको जिल्ला प्रहरी कार्यालयमा तालिवान लडाकूहरुले रातभरी भीषण आक्रमण गरेका थिए ।तालिवान लडाकूहरुले साइद अबाड जिल्लामा शनिबार अबेर राति आक्रमण गरेको जनाइएको छ । ‘जिल्ला प्रहरी प्रमुख साइद मेजराबशाह हाशेमीसहित ६ जना प्रहरी अधिकारी मारिएका छन्,’ प्रान्तीय सरकारका प्रवक्ता अब्दुर रहमान मन्गलले बताए ।उनले तालिवान लडाकूतर्फका पनि धेरै जना मारिएको र केही घाइते भएको दावी गरे ।यसैबीच, राजधानी काबुलदेखि ३५ किलोमिटर पश्चिमतर्फ रहेको यस जिल्लालाई विद्रोहीले कब्जामा लिएको प्रान्तीय परिषदका एकजना अधिकारी हुसेन अलि बालिगले बताए ।बालिगका अनुसार लडाकूहरुको आक्रमणका कारण काबुलदेखि कान्दाहारसम्मको राजमार्ग समेत अवरुद्ध भएको छ ।निर्वाचनको मिति नजिकिदै गर्दा अफगानिस्तानमा हिंसात्मक घटनाहरु थप बढ्दै गएका छन् । अफगानिस्तान यही अक्टोबर २० तारिखका दिन संसद र स्थानीय तहको निर्वाचन हुन लागेको छ । अफगानिस्तानमा करिब ९० लाख मतदाता रहेका छन् ।