नेकपा एमाले दार्चुलाको प्रचार प्रसार अभियान जारी

१ बर्ष अघि

२0७९ कार्तिक २८ सोमबार

नेकपा एमाले दार्चुलाको प्रचार प्रसार अभियान जारी

दार्चुला । निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले दार्चुलाको प्रचार प्रसार कार्यक्रम पनि तिब्र रुपमा जिल्लाभरी सम्पन्न भईरहेको नेकपा एमाले दार्चुलाले जनाएको छ । 
नेकपा एमाले दार्चुलाबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गणेश सिह ठगुन्नाको मुल टोलीले आज नौगाड गाउँपालिका वडा नम्बर १ इयरकोटमा विहान भेटघाँट कार्यक्रम गरि दिउँसो वडा नम्बर २ सुण्डमुण्ड, पनखाया क्षेत्रमा घरदैलो तथा भेटघाँट कार्यक्रम गर्नु भएको छ । 
भेटघाँटका क्रममा नेकपा एमालेका प्रतिनिधी सभा सदस्य उम्मेदवार गणेशसिह ठगुन्नाले नौगाडको विकासमा नेकपा एमालेले अहम भुमिका खेलेको र बाँकी रहेको विकास निर्माणका कार्यक्रमहरु पनि एमालेको सरकार आए पुरा गर्ने बताउनु भएको छ । 
त्यसैगरी नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार हरदेब जोशीले महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा भेटघाँट कार्यक्रम गरी साँझ महाकाली नगरपालिका वडा नम्बर २ र ३ मुल्ला मैखोलीमा कार्यकर्ता भेटघाँट कार्यक्रम गर्नु भएको छ । 
त्यसैगरी जिल्लाका सबै पालिकाहरुमा पालिका कमिटि, वडा कमिटि र टोल कमिटिहरुले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन भन्दै घरदैलो कार्यक्रम गर्नुका साथै मतदाता शिक्षा समेत गरेको नेकपा एमाले प्रचार प्रसार विभाग दार्चुलाले जनाएको छ ।