नौगाडमा एमाले चुनावी सभा, ‘एमालेको जितलाई कसैले रोक्नसक्दैन’ ः ठगुन्ना

१ बर्ष अघि

२0७९ कार्तिक २७ आईतवार

नौगाडमा एमाले चुनावी सभा, ‘एमालेको जितलाई कसैले रोक्नसक्दैन’ ः ठगुन्ना

दार्चुला । नेकपा एमाले नौगाड गाउँपालिकाको आयोजनामा चुनावीसभा आयोजना गरेको छ । एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यमा चुनावी सभा भएको हो ।  चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री ठगुन्नाले एमालेको जितलाई कसैले अब छेक्न नसक्ने बताउनुभएको छ । जिल्लाभरी एमालेको पक्षमा जनलहर बढेको भन्दै उहाँले भन्नुभयो, ढुक्क भएर चुनावमा मतदन गर्नुहोस् । जनतालाई डराई धम्क्याएर केही नहुने भन्दै एमालेको जस्तो विकासको लहर ल्याएर देखाउन समेत उहाँले चूनौती दिनुभयो ।
एमाले जनताको पार्टी हो । सामाजिक सुरक्षा भत्ताले मात्रै दार्चुलाका ११ हजार आमा बुवाले घरमै बसेर भत्ता पाइराख्नुभएको छ ठगुन्नाले भन्नुभयो । नौगाड गाउँपालिकामा किसानको लागि बजेट विनियोजन गरियो । गठबन्धन खासगरी काग्रेसले यो क्षेत्रको लागि के योजना हालेको छ, देखाइदिनुहोस् । खार खलंगा सडक कालोपत्रे काम अघि बढेको छ । दुई वर्षभित्र विद्यूतीकरण पूरा हुन्छ । पर्यटकीय क्षेत्रमा बजेट विनियोजन गरेर काम भएको छ ठगुन्नाले भन्नुभयो । विकासको लागि जिल्लामा एमालेमात्रै भएको भन्दै चुनावमा मतदान दिएर अधुरा काम पूरा गर्न मत दिन उहाँले आग्रह गर्नुभयो ।  विकासको ढोका खोलिसकेका छौ । एमाले अध्यक्ष केपीशर्मा ओलीले गत कात्तिक १८ मा चुनावीसभा गर्दै दार्चुलाबाटै विकासको ढोका खुला गर्ने बताइसक्नुभएको छ ।  दार्चुलाको मुख्य सडक महाकाली करिडोरले गति लिदैछ । तीनवर्षभित्र तिंकर नाका सडक पुर्याउने गरी काम अघि बढेको उहाँको भनाई छ ।  कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको कारण अलपत्र हुने अवस्थामा पुगेको भन्दै एमाले सरकारका पालामा सुरु भएका योजना पूरा गर्न पुन एमालेलाई मतदान गरेर विजयी गराउन नौगाड  गाउँपालिकाका आम जनसमुदायमा ठगुन्नाले आग्रह गर्नुभयो ।  जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । विद्युतीकरण, टेलिफोन, पर्यटन क्षेत्रमा अघि बढेका कामहरु अघि बढाउनुछ । यो देशको विकासको सपना भएको पार्टी एमालेमात्रै भएको भन्दै उहाँले भन्नुभयो, राष्ट्यिता बलियो पार्न र विकासको लागि एमालेको विकल्प छैन् ।  नौगाड गाउँपालिकाको होपरिगाडमा भएको चुनावी आमसभामा नेपाली काग्रेस परित्याग गरी नेकपा एमाललेमा प्रवेश गरेका छन् । एमाले प्रचार प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार मोहन सिह महता,जनक सिह महता,शेरसिह महता, महेन्द्र ठेकरे,गंगा  ठेकरे, धुमा ठेकरे,इश्वर महता, उजले बोहरा,विर बहादुर धामी,र इन्द्रसिह धामी एमाले प्रवेश गरेका छन् ।