आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित

१ बर्ष अघि

२0७९ कार्तिक २५ शुक्रबार

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित

काठमाडौं । नेकपा एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ ।

विभिन्न पार्टी परित्याग गरी नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताउनु भयो । उहाँले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि विद्रोह गर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने बताउनु भयो । उहाँले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताउनु भयो । उहाँले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गर्नुभयो ।