एमालेले भोली लटिनाथ र मकरीगाडमा चुनावीसभा गर्दै

१ बर्ष अघि

२0७९ कार्तिक २५ शुक्रबार

एमालेले भोली लटिनाथ र मकरीगाडमा चुनावीसभा गर्दै

दार्चुला । नेकपा एमालेले शनिबार अपिहिमालको मकरीगाड र मार्माको लटिनाथमा चुनावी आमसभा हुने भएको छ । राष्ट्रिय कलाकारको उपस्थितिमा एमालेले चुनावी सभा गर्न लागेको हो । चुनावीसभामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।  
पहिलो चरणम घरदैलो भेटघाट गरेको एमालेले दोस्रो चरणमा आमसभा गर्न लागेको हो । एमालेको प्रतिनिधिसभा उम्मेदवार नेतृत्वको टोलीले शुक्रबार मालिकार्जुन, शैल्यशिखर क्षेत्रमा घरदैलो गरेको छ । सो क्रममा पनेबाजमा भएको कार्यक्रममा नेपाली काग्रेस परित्याग गरी भागादेवी धामी, मधुरा धामी, शेरसिह धामी, उमेशसिह धामी, हर्कराम लावड, रोजिता धामी, रेवती धामी, विष्णुदत्त विष्ट, धर्म रावल र माओवादी केन्द्रका गोपालसिह धामीले नेकपा एमाले प्रवेश गरेको बडालले जानकारी दिनुभयो ।